दाङमा गर्मीका कारण इनार सुक्दा खानेपानीकाे अभाव
दाङ | जेठ २५, २०८०
फाइल तस्बिर
दाङ: अत्यधिक गर्मीका कारण दाङमा इनार सुक्न थालेपछि पानीको समस्या भएको छ ।
जेठको पहिलो हप्तादेखि नै धाराबाट खानेपानी आउन छाडेको छु, घोराही–९ की मदा गौतमले भन्नुभयो, ुयस वर्ष खानेपानीको अभाव बढ्दो छ । गाउँमा पानी खान नपाएर काकाकूल भइएला जस्तो छ ।ु उहाँका अनुसार गाउँका धेरैजसोका इनार सुकेका छन् ।
रातभरि इनारमा जम्मा भएको चार, पाँच गाग्री पानी गाईबस्तुका साथै मानिसका लागि पुराउनुपर्ने बाध्यता रहेको गौतमको भनाइ छ । वडा नं ६, ८, ९ र १० मा पानीको मुख्य स्रोत धारा, इनार र कुवा हुन् । अहिले सबै स्रोत सुक्न थालेपछि खानेपानीको हाहाकार मच्चिएको छ, उहाँले भन्नुभयो । वैशाख मध्यपछि पानीका मुहान सुक्दै गएका भन्दै जेठ लागेपछि पानीको समस्या झन बढे्को उहाँले बताउनुभयो छ।
तराईमा वैशाख, जेठलाई अत्यधिक गर्मी हुने समयका रूपमा लिइन्छ । हरेक वर्ष यस समयमा पानीको समस्या हुने गरेको भए पनि यस वर्ष भने पानीको समस्या जटिल बन्ने सङ्केत देखिएको यहाँका स्थानीय बताउँछन् ।
तल्लो भेगका बस्तीमा खानेपानीका लागि प्रयोग हुँदै आएका पानीका स्रोत सुकेर समस्या बढेको घोराही–७ सौडियारकी सुदा शर्माले बताउनुभयो । ुयहाँ १० वर्ष पहिलेका इनार सबै सुकिसके, पछि खनिएका इनारमा पनि अब पानी भर्न नसकिने अवस्थामा पुगेका छन्ु, उहाँले भन्नुभयो, ुबर्सेनि इनारमा पानीको सतह गहिरिँदै जाँदा खानेपानीको समस्या झनझन बढ्दै गएको छ ।
लामो खडेरीले खानेपानीका सबै मुहान र स्रोत सुक्न थालेपछि नगर क्षेत्रका ३० वटाभन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको शर्माले बताउनुभयो ।
खानेपानीका लागि अन्य विकल्प नभएका कारण पानीको समस्या भएको स्थानीयको भनाइ छ । सुक्खायाममा खेतीका लागि सिँचाइका साथै खानेपानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्बद्ध पक्ष सधैँ उदासिन रहेको शर्माको भनाइ छ ।
घोराही उपमहानगरपालिकामा १८ हजार ५३ परिवार अझै कुवाको भरमा छन् । तुलसीपुर उपमहानगरपालिकामा कुवा र खोलाकै पानीको भरमा १७ हजार ४ सय ५४ परिवार छन् ।
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...
पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

